साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३०० ले घटेको छ ।
गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा (आज) आइतबार छापावाला सुन तोलामा ३०० ले घटेर प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघअनुसार शुक्रबार छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।
चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।