logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

एकै पटक टेकु अस्पतालका ५० स्वास्थ्यकर्मी संक्रमित, १६ गतेसम्म कोरोनाविरुद्धको खोप नलगाइने(सूचना सहित)


अंकुरण खबर
1.066K
Shares

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा एकै पटक ५० जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार अस्पतालले सूचना जारी गर्दै एकै पटक ५० जना स्वास्थ्यकर्मी संक्रमित भएको जनाएको हो । स्वास्थ्यकर्मी संक्रमित भएपछि कोभिड–१९ विरुद्धको नियमित खोप कार्यक्रम हाललाई स्थगित गरिएको हो ।

अबस्था सामान्य बने एक साता पछि अर्थात माघ १६ गते पछि पुनः खोप कार्यक्रम सञ्चालन गर्ने अस्पतालले जनाएको छ ।