logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


अंकुरण खबर
546
Shares

नेपाल राष्ट्र बैंकले  मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ  र बिक्री दर ११९ रुपैयाँ ६० पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ७ ६ पैसा र बिक्री दर १३५रुपैयाँ ४४  पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ९० पैसा र बिक्री दर १६१ रुपैयाँ ७१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५२ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०७ पैसा र बिक्री दर ८५ रुपैयाँ ५० पैसा  छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९० पैसा छ ।

जापानीयेन १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५३ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८१ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ७२ पैसा र बिक्री दर ३१ रुपैयाँ ८८ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६८ पैसा र बिक्री दर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९५ पैसा र बिक्री दर १० रुपैयाँ  कायम भएको छ ।