logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिटामोल उपलब्धताको तत्काल प्रबन्ध मिलाउन सर्वोच्चको आदेश


अंकुरण खबर
572
Shares

सर्वोच्च अदालतले सिटामोलको प्रबन्ध गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलबार सिटामोलको उपलब्धता सहज गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

नागरिकलाई सिटामोल औषधि तत्काल उपलब्ध गराउन आदेश गरिएको छ । टीकाबहादुर कुँवरलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दर्ता गरेको रिटमा सुनुवाइ गर्दै सिटामोलको प्रबन्ध गर्न आदेश जारी भएको हो ।

आदेशले दुवै पक्षलाई माघ १७ गते छलफलको लागिसमेत बोलाएको छ ।