logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बालाचतुर्दशी : देशभरका शिवमन्दिरमा दिवंगत पितृका नाममा बत्ती बालिँदै


अंकुरण खबर
1.287K
Shares

काठमाडौं – आज मार्ग कृष्ण त्रयोदशी पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात आइतबार साँझ दिवंगत पितृका नाममा दीपदान गरिँदैछ ।

आज दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।

पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकुल नहुनेहरू घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा बत्ती बगाउँछन् र शिवालय पुगी शतबीज छर्छन् । बोलीचालीको भाषामा ‘सत्बीज छर्ने’ भनिने शतबीज रोपणले पितृहरूको उद्धार हुन्छ विश्वास छ ।

मंसिरको चिसो काट्न कठिन हुने भएकाले बत्ती बाल्नेसँग गएकाहरूले रातभर भजनकीर्तन गर्छन् । केही वर्षयता भने चलनचल्तीका दोहोरी गाएर पनि रमाइलो गर्ने चलन छ ।