नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा गिरावट आएको छ ।
आज छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुन तोलामा ९३ हजार रुपैयाँ तोकिएको छ ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।