logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ बानेश्वरमा एका बिहानै गाडीको ठक्करबाट मृत्यु हुनेको पहिचान खुल्यो


अंकुरण खबर
1.326K
Shares

काठमाडौं – नयाँबानेश्वरमा आज सवारी साधनको ठक्करबाट एक ज्यान गुमाएका पैदलयात्रीको सनाखत भएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरका अन्दाजी ७० वर्षीय डाक्टर प्रभु जोशी रहेको प्रहरीले जनाएको छ ।

मर्निङ वाकका लागि घरबाट हिँडेका जोशीलाई आज बिहान सवा ६ बजे नयाँबानेश्वर स्थित संसद भवनको १ नम्बर गेट अगाडिबाट बाटो पार गर्दै गरेका नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत बानेश्वरले जानकारी दिएको छ ।