logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता


अंकुरण खबर
1.404K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो ३ बजे शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच करिब एक घण्टा समसामसयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भेटवार्ता नियमित भएको र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताएका छन् ।