logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

अष्ट्रेलियामा नेपाली दम्पतीबीच झगडा, श्रीमानको मृत्यु


अंकुरण खबर
1.456K
Shares

अस्ट्रेलियामा श्रीमान श्रीमतीबीच भएको झगडामा श्रीमानको मृत्यु भएको छ । सिड्नीको ग्रान्भिलमा शनिबार राति श्रीमान श्रीमतीबीच कुटाकुट हुँदा श्रीमतीले धारिलो हतियार प्रहार गर्दा श्रीमानको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३४ बर्षका बुटवल निवासी सन्तोष गौतम रहेको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरेका छन् ।

टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका सन्तोषलाई राति अबेर पारामेडिक्सले अस्पताल पुर्‍याए पनि उनको मृत्यु भएको अष्ट्रेलियाको प्रहरीले जनाएको छ ।

घाइते युवतीको अवस्था सामान्य छ । उनलाई हत्या आरोपमा अष्ट्रेलियाली प्रहरीले नियन्त्रणमा लिएको छ । हाल उनी प्रहरी हिरासतमा रहेकी छिन् ।