logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सार्वजनिक स्थलमा भद्दा मजाक नगर्न गृह मन्त्रालयको निर्देशन


अंकुरण खबर
793
Shares

गृह मन्त्रालयले सार्वजनिक स्थलमा भद्दा मजाक नगर्न निर्देशन दिएको छ ।

सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने काम नगर्न मन्त्रालयले निर्देशन दिएको हो ।

सर्वसाधारणमाथि मजाक गरेर गोप्य भिडियो बनाइ सार्वजनिक गर्ने गरेको गुनासो बढेको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

कुनै पनि व्यक्तिको सहमति बिना त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।