logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कर्मचारीमा कोभिड संक्रमण देखिएपछि तेह्रथुम प्रशासनको सेवा स्थगन


अंकुरण खबर
702
Shares

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले कर्मचारीमा कोभिड संक्रमण देखिएपछि १४ गतेसम्म स्थगन गरेको सेवा प्रवाह १५ देखि माघ २२ गतेसम्म थपेको छ ।

कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय तीव्र रूपमा फैलिनुका साथै कर्मचारीसमेत संक्रमण हुने क्रम बढ्दो रहेकाले थप एक हप्ता सेवा स्थगन गरेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले शुक्रबार सूचना प्रकाशित गर्दै २२ गतेसम्म सेवा स्थगन गरिएको जानकारी दिएका छन् ।