रुकुम प्रहरीले ८ वर्षअघि एक युवकलाई अपहरण गरि हत्या गरिएको घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।
२०६६ साल बैशाख ३ गते दाङको साविक त्रिभुवन नगरपालिका वडा नम्वर १० घर भई साविक रुकुमको भुमे गाविस ९ काँडा पुगेका २२ वर्षीय विजयकुमार पुनको अपहरण गरि हत्या भएको थियो ।
त्यस हत्याकाण्डका मुख्य अभियुक्त मानिएका १ जना अहिलेसम्म कारवास सजाय भोगिरहेका छन् । उक्त घटनामा संलग्न काँडा गाउँका ३१ वर्षीय सपर्णपन बुढा, २९ वर्षीय ओमप्रकाश घर्ती, ३५ वर्षीय आकाश बुढा र ३२ वर्षीय दीपक घर्तीलाई पक्राउ गरिएको रुकुम पूर्वका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए ।
पक्राउ परेका ४ जनामध्ये समपर्णलाई हिजै कारागार चलान गरिएको छ भने बाँकी ३ जनालाई आज अदालतमा पेश गरि कारागार चलान गरिने जनाइएको छ ।