logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन


अंकुरण खबर
936
Shares

हराएको भनिएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ ।

कोरोना महामारी तिब्ररुपमा बढिरहँदा मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो । त्यति ठूलो संख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहँदा मन्त्रालयले छातनबिनका लागि ५ सदस्यीय समिति बनाएको हो ।

उक्त ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ । समितिले २ हप्तामा प्रतिवेदन बुझाउने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन् ।