logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले बैठकको निर्णय : स्थानीय तहको निर्वाचन बैशाखमै गराउन दबाब दिने र राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने


अंकुरण खबर
1.352K
Shares

नेकपा (एमाले)ले राष्ट्रियसभाको निर्वाचनका बेला प्रदेश १ मा भएको अन्तर्घातबारे अध्ययन गरी कारबाही गर्ने भएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूबाटसमेत आफ्ना उम्मेदवारलाई मतदान भएको अवस्थामा दलभित्रकै अन्तर्घातले प्रदेश १ मा दुई सिट गुमाउनु परेको निष्कर्ष निकालेको सचिव पद्मा अर्यालले जानकारी दिइन् ।
यो बिषयमा पार्टीले अध्ययन गरी आवश्यकक्ता अनुसार कारवाही गर्ने अर्यालले बताइन् ।

बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा अल्पसंख्यक कोटाबाट एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका थिए । यस्तै महिलातर्फ सुमुत्रा भण्डारी पराजित भएकी थिइन् । अन्यतर्फ गुरु बराल गठबन्धनका उम्मेदवार गोपाल बस्नेतसँग बराबर भए पनि गोलाप्रथाबाट हारेका थिए । दुई उम्मेदवारले समान चार हजार ४८८ मतभार रहेको थियो ।

यस्तै बैठकले स्थानीय तहको निर्वाचन बैशाखमै गराउन पार्टीको तर्फबाट थप दबाब दिने निर्णय गरेको छ ।

यसैगरी देशभर भएको जिल्ला अधिवेशन र स्थगित भएको प्रदेश अधिवेशन सम्बन्धमा समीक्षा गर्ने र आगामी चुनावमा कसरी अगाडी बढ्ने भन्ने विषयमा कुरामा भएको सचिव अर्यालले बताइन् ।