logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज यी प्रदेशमा वर्षाका सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात


अंकुरण खबर
377
Shares

नेपालमा पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ ।

मंगलबार बिहान मौसमी प्रभाव आंशिक रहे पनि बुधबारबाट सक्रिय हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको हो ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू९भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।