logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गरिब घरपरिवार पहिचान गर्न काठमाडौं महानगरले माग्यो २३१ कर्मचारी, गणक मात्रै २१० जना आवश्यक


अंकुरण खबर
1.352K
Shares

काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयन पत्र वितरण सर्वेक्षणका लागि २३१ जना कर्मचारी माग गरेको छ ।

महानरले करारमा २१ जना सुपरिवेक्षक र २१० जना गणक माग गरेको हो । इच्छुकले सात दिनभित्र दरखास्त दिनुपर्नेछ ।

सुपरीवेक्षणका लागि तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्नेछ भने गणका लागि पनि तिनै विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

१८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिनसक्नेछन् ।