logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

प्राइम बैंकको लाभांश घोषणा


अंकुरण खबर
884
Shares

काठमाडौं – प्राइम कमर्सियल बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस दिने भएको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गरेपश्चात मात्रै सेयरधनीलाई वितरण सुरु गरिनेछ ।