पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सोही अवधिमा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ८ लाख ७१ हजार १६५ जनाले संक्रमण जितेका छन् ।
१७ हजार ६७४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३ हजार ६५७ र एन्टीजेन परीक्षणबाट १ हजार ९२६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ३ लाख ९९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।