logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एभरेष्ट अस्पतालमा निशुल्क स्वास्थ्य शिविर तथा औषधि, मास्क वितरण हुँदै


अंकुरण खबर
1.287K
Shares

काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा निशुल्क स्वास्थ्य शिविर तथा औषधि, मास्क वितरण कार्यक्रम हुने भएको छ ।

लायन्स क्लव अफ काठमाडौं एभरेष्ट निम्सको सहकार्यमा अस्पतालमा शुक्रबार उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो ।

निशुल्क स्वास्थ्य शिविर कार्यक्रम एभरेष्ट अस्पताल, आयान हेल्थ केयर प्राइभेट लिमिटेड र अनमोल हेल्थ केयरको सहयोगमा सञ्चालन गर्नेछन् । उक्त शिविर एभरेष्ट अस्पतालमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।

शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. राम नारायण शाह, डा. निवेश पौडेल र डा. सरोज गौडेलले निशिुल्क स्वास्थ्य परिक्षण गर्नेछन् । साथै, ल्यावमा पनि ३० प्रतिशत छुट दिइनेछ भने फार्मेसीमा १० प्रतिशत र अन्यमा ३० प्रतिशत छुट दिने समेत अस्पतालले जनाएको छ ।

त्यस्तै कोभिड पछाडी हल्का ज्वरो आए जस्तो हुने, अल्छी लाग्ने, छिटो थकानको महसुस हुनु, हल्का खोकी लाग्ने, हल्का टाउको दुख्नु, बढी भोक लाग्नु र भोक लाग्दै नलाग्ने, निद्रा नलाग्ने जस्ता लक्षण भएकाले पनि शिविरमा स्वास्थ्य परिक्षण गराउने सक्ने अस्पतालले जनाएको छ ।