काठमाडौं – साताको तेस्रो दिन आज सुनचाँदीको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य मंगलबार फेरी घटेको हो ।
मंगलबार छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन तोलामा ७१ हजार ६ सयमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।