logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गायिका लता मंगेशकरको निधनले राष्ट्रपति भण्डारी दुःखी


अंकुरण खबर
520
Shares

भारतकी सुप्रसिद्ध गायिक लता मंगेशकरको निधनमा राष्ट्रपति बिद्यादेवी भण्डारीले शोक प्रकट गरेकी छन ।

९२ बर्षको उमेरमा आजै निधन भएकी विश्वप्रसिद्ध गायिक मंगेशकरले नेपाली गीत संगितको क्षेत्रमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गरेकी हुन ।

‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुखी बनाएको छ,’ सामाजिक सञ्जालमार्फत राष्ट्रपति बिद्यादेवी भण्डारीले भनेकी छिन, ‘असाधारण प्रतिभाकी धनी दिवंगत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ झन्डै ३० हजार भन्दा बढी गीत गाएको रेकर्डसमेत कायम गरेकी मंगेशकर प्रति भारत सरकारले २ दिने शोकको घोषणासमेत गरेको छ ।