logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीसँग महासचिव पोखरेल पनि बालुवाटार जाँदै


अंकुरण खबर
1.053K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा सहभागी हुन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग महासचिव शंकर पोखरेल पनि बालुवाटार जाने भएका छन् ।

वालकोटमा रहेका अध्यक्ष ओली बालुवाटार जानका लागि तयारी भईरहेको बेला महासचिव पोखरेल पनि बालुवाटार जान लागेका हुन ।

‘अध्यक्षज्यूसँग महासचिव बालुवाटार जानु हुनेछ । मुख्यतः एमालेले स्थानिय तहको निर्वाचनको मिति तोक्ने बारेमा छलफल गर्नेछ’ ओलीका प्रेस सहयोगी रामशरण बजगाईले न्युज कारखानासँग भने ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएको दिन आज एमाले अध्यक्ष ओली सरकारवाट बाहिरिए पछि पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटार जान लागेका हुन्।