logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिउँले वनपाखा सेताम्यै, पर्यटकहरूको चापसँगै होटलहरू भरिभराउ


अंकुरण खबर
923
Shares

प्रकाश पाक्साँवा / पूर्वी नेपालको तेह्रथुम,संखुवासभा र ताप्लेजुङ जिल्लाको सीमावर्ती क्षेत्र तिनजुरे मिल्के जलजले (टिएमजे) मा कोही सेल्फी लिँदै त कोही हिउँमा रमाइरहेको पाइन्छ ।

हिउँमा सयौ पर्यटकहरू खेल्ने गरेका छन् । गुराँसको राजधानीको रूपमा परिचित टिएमजेका वनपाखा सेताम्यै भएर चाँदी झैं देखिएका छन् । पर्यटकहरूको आगमनले पर्यटन व्यावसायसमेत फस्टाएको छ । पूर्वी तराई तथा भारतको विभिन्न क्षेत्रबाट हिउँ खेल्नकै लागि सयौं आउने गरेका छन् ।

विशेष गरी यसक्षेत्रमा गुराँस फुल्ने सिजन र हिउँ पर्ने सिजनमा पर्यटकहरूको चाप बढ्ने गरेको छ । विगतका वर्षभन्दा यस वर्ष अत्यधिक हिउँ परेका कारण यहाँको पर्यटन व्यावसाय फस्टाएको छ । कोरोनाका कारण अस्तव्यस्त बनेको पर्यटन व्यावसाय हिउँ पर्न थालेसँगै फस्टाएको पर्यटन व्यावसायीहरूले बताउने गरेका छन्।

जमेको हिउँमा रमाइरहे पनि पर्दै हिउँमा रमाएको पाएको पहिलोपटक भएको तिमी कस्को ? चलचित्र सुटिङका लागि तिनजुरे पुगेका कलाकार अर्जुन थापाले बताए । उनी भन्छन्- ‘हिउँमा रमाउनु छुट्टै कुरा छ । तर,पर्दै गरेको हिउँमा रमाउनु पाउनु जो कोहीको भाग्यमा हुँदैन । जो मैले अनुभूति गर्न पाएँ ।’

पर्यटकहरूको चापसँगै होटलहरू भरिभराउ बनेका छन् । पर्यटकहरूको बाक्लो आगमनले होटल व्यावसायी उत्साहित बनेका छन् । कोरोनाले सुस्ताएको पर्यटन व्यवसाय हिउँ परेपछि फस्टाएको टुटे देउरालीका होटल व्यावसायी श्री कार्कीले बताए । उनी भन्छन्- ‘हिउँ परेसँगै हाम्रो व्यावसाय फस्टाएको छ । यहाँ आएका पर्यटकहरूलाई धान्न मुस्किल बन्दै आएको छ ।’

हिउँ परेको सुन्नेवित्तिकै पुर्बी तराईबाट पर्यटकहरू साना तथा ठूला सवारी साधन रिजर्भ गरेर आउने गरेका छन्। हिउँ परेसँगै जाडोले यहाँको जनजीवन भने कष्टकर बनेको छ ।

Avatar