logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वरिष्ठ पत्रकार विनय कसजूको निधन


अंकुरण खबर
1.534K
Shares

काठमाडौं – वरिष्ठ पत्रकार विनय कसजूको निधन भएको छ। पत्रकार कसजूको मंगलबार दिउँसो निधन भएको हो ।

कसजूलाई कात्तिक १९ गते निमोनियाका कारण ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । कसजुको सुरुमा आईसीयूमा राखेर उपचार भएको थियो तर उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको हो।

कसजूले नेपाली पत्रकारिता, अनुसन्धान र भाषा साहित्यमा विशिष्ट योगदान पुर्‍याएका छन् । उनका ५० बढी बाल साहित्यका कृति प्रकाशित छन्।

कसजू सूचना आयोगका संस्थापक प्रमुख आयुक्त हुन्। सूचना हक तथा सूचना आयोगको स्थापनाका लागि कसजूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

कसजूको जन्म पश्चिम नेपालको पाल्पाको तानसेनमा सन् १९४७ जुलाई १८ का दिन भएको थियो।