logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा एक हजार नौ सय ५७ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु 


अंकुरण खबर
1.04K
Shares

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार नौ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ्य मन्त्रालयले मंगलबार १२ हजार ६ सय ९२ वटा नमुना परीक्षण गर्दा एक हजार नौ सय ५७ जनामा संक्रमण देखिएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आठ हजार पाँच सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार एक सय ८४ जना र चार हजार एक सय पाँच जनामा एन्टिजेन परीक्षण गर्दा सात सय ७३ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ३६ हजार एक सय ८१ रहेको छ ।

पछिल्लो २४ घन्टामा पाँच हजार एक सय तीनजना डिस्चार्ज भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ ।