काठमाडौं – निजी मेडिकल कलेज सञ्चालकहरू विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्न तयार भएका छन् ।
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेज सञ्चालकहरुबीच भएको वार्तामा विद्यार्थीको अतिरिक्त शुल्क समायोजन गर्ने सहमति भएको हो ।
स्रोतका अनुसार मन्त्री पोखरेल र मेडिकल कलेज सञ्चालकहरुबीच पाँच बुँदे सहमति भएको छ । सहमति अनुसार मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कको समायोजन प्रकृया बुधबारदेखि शुरु गर्नुपर्ने भएको छ ।
सहमतिमा शैक्षिक सत्र २०७४/ ७५ र २०७५ /०७६ मा सरकारले गरेको निर्णयअनुसार नै शुल्क समायोजन गरिने उल्लेख छ ।