logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु


अंकुरण खबर
871
Shares

काठमाडौंको धापासीमा मंगलबार बेलुकी कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३ बर्षीय श्रीयन पाण्डे रहेका छन् ।

कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा राती साढे ९ बजे धापासी स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकमा खेल्दै गरेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिएको थियो ।

कार सहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।