पोखरा – पोखरामा सत्तारुढ नेकपाले आयोजना गरेको चुनावीसभा नजिकै शक्तिशाली बम विष्फोट भएको छ ।
कास्कीको नयाँबजार प्रदर्शनी केन्द्र नजिकै केहीबेरअघि बम विष्फोट भएको हो । विष्फोट भएपछि चुनावीसभामा भागाभाग मच्चिएको छ । तर, बम बिस्फोटबाट केही क्षति भने हुन पाएन । बम विष्फोटपछि चुनावीसभाको कार्यक्रममा सुरक्षा व्यवस्था थप कडा पारिएको जनाइएको छ ।
चुनावीसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरु बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ लगायत पोखरामा छन् ।