logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

दुई बैङ्कबाट २० लाख चोरी


अंकुरण खबर
1.274K
Shares

काठमाडौं – खातावालको सही किर्ते गरेर जनता बैङ्क र एनआइसी एसिया बैङ्कबाट लाखौँ रकम झिक्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकरणमा परेका ६ जनालाई महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुले विभिन्न समयमा किर्ते हस्ताक्षरबाट दुई बैङ्कबाट १९ लाख ९९ हजार रुपैयाँ चोरी गरेको पाइएको छ ।

आफ्नो चेक हराएको भन्दै किर्ते हस्ताक्षरबाट खातावालको नयाँ चेक लिने र त्यही चेकबाट रकम झिक्ने गरेको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो ।

आफ्नो खाताबाट रकम गायब भएको भन्दै खातावालले दिएको उजुरीपछि उनीहरुलाई पक्राउ गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले  बताए ।

यस प्रकरणमा बैङ्ककै कर्मचारीको संलग्नता भएको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।