logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा, ३५ लाख २१ हजार बिगो दाबी


अंकुरण खबर
819
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका–५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचर गरेको भन्दै अख्तियारले बिहीबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

दायर गरिएको मुद्दामा वडा अध्यक्ष यादवसँग ३५ लाख २१ हजार २०४ रुपैयाँ ८० पैसा बिगो दाबी गरिएको छ ।

वडाध्यक्ष निर्वाचित भएपछि यादवले पदको प्रभाव पारेर पिपरा गाउँपालिका–५ मा पर्ने सुब्बा पोखरीको ठेक्का वापतको रकम ३५ लाख २१ हजार २०४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

थप अनुसन्धानु गर्दा यादवले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भेटिएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।