logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवाले झुटो कुरा गरेर जनतालाई भ्रममा पार्न खोजे : प्रचण्ड


अंकुरण खबर
1.261K
Shares

पोखरा – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति देउवाले झुटो कुरा गरेर जनतालाई भ्रममा पार्न खोजेको बताएका छन ।

बुधबार पोखराको नयाँबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा आएर सूर्यलाई हातले छेक्न खोजेको बताए ।

केही दिन अगाडि मात्रै पोखरामा आयोजित चुनावी सभामा बोल्दै कांग्रेस सभापति देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भू–भागमा पार्ने गरी भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नक्सा जारी गरेको आरोप लगाएका थिए ।

देउवाको उक्त आरोपबारे नेकपाका नेताहरुले चर्को आलोचना गरिरहेका छन् ।