भक्तपुर– भक्तपुर जिल्ला अदालतले प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहितका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मंगलबार न्यायाधीश डाक्टर श्रीप्रकाश उप्रेतीको एकल ईजलासले छोरी र हत्यामा संग्लन रहेका अन्य तीन आरोपीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
गत असार १५ गते चाँगुनारायण नगरपालिकामा आफ्नै छोरीले प्रेमीसँग मिलेर आमा साबित्रा भट्टराईको हत्या गरेकी थिइन् । हत्यामा संलग्न भएको भन्दै प्रहरीले सावित्राकी छोरी ईश्वरी, सिरहाका मोहम्मद नौशाद, भारतीय नागरिक भोलाकुमार र मोहमद रइसलाई पक्राउ गरेको थियो ।
छोरीको प्रेम सम्बन्धका बारेमा आमालाई थाहा भएकोले सो कुरा लुकाउन भारतबाट १२ लाख रुपैँया दिई भाडाका अपराधी प्रयोग गरेर साबित्रीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।