logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यी हुन् कांग्रस बैठकमा छलफल भएका ९ प्रस्ताव…


अंकुरण खबर
871
Shares

स्थानीय चुनाव तयारी सम्बन्धि प्रस्ताव स्थानीय निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै बैठक सम्पूर्ण एकता र सम्पूर्ण सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको केन्द्रीय कार्यसम्पादन समितिले जनाएको छ ।

यसका लागि दुईवटा समितिहरु गठन गरिएको छ । स्थानीय निर्वाचन मूल तयारी समिति -संयोजक, घोषणा पत्र तयारी समिति – संयोजक लगायत समितिहरु गठन गरिएको जनाएको छ ।
बैठकमा विभिन्न ९ वटा प्रस्तावमाथि छलफल भएको कांग्रेसले जनाएको छ।

यी हुन् कांग्रेस बैठकमा छलफल भएका ९ प्रस्ताव

१. स्थानीय चुनाव तयारी सम्बन्धि प्रस्ताव स्थानीय निर्वाचन बैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै यो बैठक सम्पूर्ण एकता र सम्पूर्ण सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दछ । त्यस क्रममा निम्नानुसारका समितिहरु गठन गरिएको छ –
स्थानीय निर्वाचन मुल तयारी समिती-संयोजक
घोषणा पत्र तयारी समिति-संयोजक लगायत समितिहरु निम्नानुसार गठन गरिएको छ।

२. संगठन सुदृढीकरण एवं निर्वाचन तयारी केन्द्रित राष्ट्रव्यापी अभियान अघि बढाउने सम्बन्धमा ।

३. सभापति पद रिक्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा अन्य भातृ एवं शुभेच्छुक संस्थालाई गतिशील तुल्याउने सम्बन्धमा ।

४. विभिन्न भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृत गर्ने सम्बन्धमा ।

५. केहि नयाँ भ्रातृ एवं शुभेच्छक संस्थालाई मान्यता प्रदान गर्ने सम्बन्धमा ।

६. १४ औं महाधिवेशन पश्चात् निश्चित गर्ने गरि अधिवेशन क्रममा थाति राखिएका कृयाशिल सदस्यहरुको व्यवस्थापन सम्बन्धमा ।

७.नयाँ कृयाशिल सदस्यता वितरण सम्बन्धमा ।

८.केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा ।

९. बाँकी जिल्ला (क्षेत्र र पालिका समेतको) अधिवेशनको नयाँ मिति घोषणा गर्न केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्ने सम्बन्धमा ।