logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सुनको मूल्य बढ्यो, चाँदीको भने स्थिर


अंकुरण खबर
962
Shares

नेपाली बजारमा सुनको भाउ शुक्रबार एक सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक सयले बढेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन तोलाको ९३ हजार नौ सय रुपैयाँ कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । बिहीबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।