logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

देशका केही भागमा वर्षासँगै हिमपातको सम्भावना


अंकुरण खबर
2.964K
Shares

काठमाडौँ – देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाका साथै मध्य तथा पश्चिमी हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको मौसमविदले बताएका छन् ।