logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुनचाँदीको मूल्य घट्यो


अंकुरण खबर
754
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार फेरी घटेको हो ।

बिहीबार छापावाला सुन तोलामा २ सयले घटेर ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा ७१ हजार २ सयमा कारोबार भएको थियो ।  त्यस्तै, बिहीबार तेजावी सुन तोलामा ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।