नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले जनताले सरकारको अनुभुति नै गर्न नपाएको टिप्पणी गरेका छन् ।
एमाले रुपन्देहीले धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पौडेलले साढे ३ वर्ष केपी ओलीको सरकार रहँदा जनताले सरकारको अनुभुति गरे पनि तर अहिलेको सरकार छ-छैन भनेर जनताले अनुभुति नै गर्न नपाएको बताए ।
‘गठबन्धन सरकार सम्पूर्ण रुपमा असफल छ, यो सरकारले न त विकास गर्न सकेको छ, न त शान्ति सुरक्षा दिन ,ुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु उनले भने ; सरकारले देशलाई आर्थिक संकटमा पुर्याएको दाबी गर्दै उनले भने- देशमा विदेशी मुद्राको संचिति सकिएको छ, महँगी बढेको छ । पुजीगत खर्च हुन सकेको छैन ।’
स्थानीय तहको निर्वाचन हुन नदिन गठबन्धनकै दलहरुले कोसिस गरिरहेको उनले बताए । यो निर्वाचन रोक्न र छेक्न भित्रबाट अनेक कोसिस अझै पनि भइरहेको बताउँदै नेता पौडेलले कुनै पनि बहानामा निर्वाचन रोक्ने नदिइने बताए ।