logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गड्डाचौकी नाका खुल्यो


अंकुरण खबर
1.105K
Shares

भारतको उत्तराखण्ड प्रदेशमा भएको निर्वाचनका क्रममा बन्द गरिएको कञ्चनपुको गड्डाचौकी नाका खुला गरिएको छ ।

उत्तराखण्डमा निर्वाचन सकिएसँगै सोमबार साँझदेखि नाका खुला गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

नाका खुला गरिएसँगै आवतजावत सुरु गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए । भारतको उत्तराखण्डसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका शुक्रबार साँझदेखि ७२ घण्टाका लागि नाका बन्द गरिएको थियो ।

गड्डाचौकी नाकासँगै उत्तराखण्डसँग सिमाना जोडिएका बैतडी र दार्चुलाका नाकासमेत ७२ घण्टाका लागि बन्द गरिएका थिए ।