logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

असल श्रीमान श्रीमतीमा हुनुपर्ने ४ गुणहरु


अंकुरण खबर
7.28K
Shares

श्रीमान श्रीमतीको सम्बन्ध एक रथको २ पाङ्ग्रा जस्तै हुन्छ । जो एक बिना एर्को अधुरो हुन्छ । त्यसैले हरेक पत्नी आफ्ना पतिबाट अपार मायाँं, हार्दिकता, विश्वास र सुख चाहन्छन् । जो सजिलै पाइँंदैन, आउँंदैन । त्यसका लागि दुवैको विश्वास र मान्यतामा निकटता जरुरी हुन्छ ।

विभिन्न अध्ययनकर्ता र चिन्तकहरुले पत्नीले पतिबाट चाहने विषयलाई विभिन्न दश बुँंदामा यसरी उल्लेख गर्ने गरेका छन् । धर्मशास्त्रअनुरुप श्रीमतीलाई अर्धांगिनी मानिन्छ। शास्त्रले भन्छ– असल श्रीमती भएको घरमा लक्ष्मीको बास हुन्छ। श्रीमती खराब परिन भने घरबार नै टाट हुन्छ। यहाँ महिलामा हुने केही गुणहरु उल्लेख गरिएको छ।

१. यदि श्रीमती तपाईंको कुरा मान्छिन भने पनि तपाईं भाग्यमानि हुनुहुन्छ। त्यस्ती श्रीमतीलाई धर्म ग्रन्थहरुमा पतिव्रता मानिन्छ। पतिव्रता पत्नी सँधै आफ्नो श्रीमानको सेवामा लाग्छिन्। श्रीमतीले तपाईंको चित्त दुखाउने कुरा गर्दिनन्। आफ्नो श्रीमानलाई सँधै प्रसन्न राख्ने प्रयास गर्ने श्रीमतीलाई श्रीमानको पनि त्यस्तै ब्यबहार हुने हुँदा उनीहरुको दाम्पत्य जीवन निकै सुखदायी बन्छ।

२. श्रीमती जस्तै श्रीमानललाई पनि आफ्नी श्रीमतीबाट माया ममताको आवश्यक्ता पर्छ । त्यसैले सबै स्त्रीले आफूले सामना गर्ने हरेक दुःख र सुख बाँड्ने पहिलो साथी श्रीमान नै बनोस् भन्ने चाहन्छन् । आफ्नो पतिले प्राप्त गरेको सुख वा दुःखवारे पहिलो सूचना आफैले पाउनु पर्ने उनीहरुको स्वभाविक चाहना हुन्छ ।

३. दाम्पत्य जीवनलाई हराभरा बनाउने अर्को शर्त वा शैली किनमेलमा सहकार्य हो । प्रायः हरेक श्रीमतीले बजारमा किनमेल गर्न जाँंदा पतिसँंगै जान रुचाउँछन् । किनमेल गर्नु जीवनको अपरिहार्य आवश्यकता हो । यो आवश्यकता पूरा गर्न श्रीमानसँंगै जान पाए हुन्थ्यो, श्रीमानको सिफारिसमा आफ्ना लागि केही किन्न पाए हुन्थ्यो भन्ने श्रीमतीको चाहना हुन्छ ।

४. धर्मशास्त्र अनुसार, महिलामा हुनुपर्ने अर्को गुण भनेको मीठो बोली , गृहकार्यमा दक्ष र घर सम्हाल्ने, धर्मको पालना गर्ने छिन् भने त्यस्ता गुण भएका श्रीमती, श्रीमानका लागि भाग्यमानी हुन्छिन् । यति तपाईंकी श्रीमती घरमा सबैसँग मिठो बोल्छिन् भने तपाईं भाग्यमानि हुनुहुन्छ।