logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘प्रहरी निरीक्षक हुँ’ भन्दै पैसा असुली गर्न खोजेको अभियोगमा एक पक्राउ


अंकुरण खबर
715
Shares

प्रहरीले पर्साबाट ‘प्रहरी निरीक्षक हुँ’  भनी पैसा असुली गर्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–५ का २७ वर्षीय दिब्यप्रकाश चतुर्वेदी रहेको प्रहरीले जनाएको छ ।

चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भन्दै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ बस्ने अनन्त खतिवडालाई डर–धम्की देखाइ रकम माग्ने गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चतुर्वेदीले डर धम्की देखाइ रकम माग्ने गरेको उजुरी खतिवडाले गरेपछि उनलाई बुधबार पक्राउ गरिएको हो ।

चतुर्वेदी हातहतियार खरखजना कसुरमा २०७५ चैत ३० गते जिल्ला अदालत पर्साको आदेशले १ लाख रुपैयाँ धरौटीमा छुटेको व्यक्ति भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।