logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु, चालक फरार


अंकुरण खबर
949
Shares

काठमाण्डौको बालाजुमा बिहीबार बिहान बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–५ घर भइ काठमाण्डौको मनमैजु बस्ने १८ वर्षीय बिकाश तामाङ र अन्दाजी ५० वर्षीया महिला रहेका छन् । मृतक महिलाको भने सानाखत हुन बाँकी रहेको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

बिहीबार बिहान ६ बजे माछापोखरीबाट बालाजुतर्फ जाँदै गरेको नम्बर नखुलेको बसले पैदल हिडिरहेका उनीहरुलाई ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात बस सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी बृत्त बालाजुले जनाएको छ ।