logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

८ किलो सुनसहित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ पक्राउ


अंकुरण खबर
2.093K
Shares

काठमाडौं – ८ किलो अवैध सुनसहित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

हङकङबाट आएको नेपाल एयरलाइन्सको विमानबाट आएका चिनियाँ नागरिकहरुलाई विमानस्थल भन्सारका अधिकारीले बिहीबार राति साढे १० बजे पक्राउ गरेका हुन् । भन्सार जाँचको क्रममा उनीहरुको साथबाट ८ किलो अवैध सुन बरामद भएको हो ।

नेपाल एयरलाइन्सको आरए ४१० फ्लाइट मार्फत काठमाडौं आएका चेनहोङ्ग याङ र चेनइङ चुहाङ पक्राउ परेका हुन् । उनीहरुलाई सुनसहित विमानस्थल प्रहरीको नियन्त्रणमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।