काठमाडौं – रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागि हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज जनकपुरधाम जाँदै छिन् ।
उनी आज नेपाली सेनाको हेलिक्पटरबाट जनकपुरधाम पुग्ने कार्यक्रम छ । जनकपुर स्थित संघीय प्रहरी इकाइको कार्यालय परिसरमा हेलिकप्टरबाट अवतरण गरेपनि राष्ट्रपति भण्डारी जानकी मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गर्ने कार्यक्रम छ ।
त्यसपछि भारत उत्तर प्रदेशको अयोध्याबाट आएका साधुशन्तको जन्तीलाई स्वागत तथा साम्बोधन गर्न एतिहासिक रंगभूमि मैदान बाह्रविघा पुग्नेछिन् ।
आइतबार हुने विवाहपञ्चमी महोत्सवमा सहभागि हुन यस वर्ष पनि अयोध्याबाट संयौको संख्यामा साधुसन्तको जन्ती बिहीबार जनकपुर आइपुगेका छन् ।