logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहामा शंकास्पद वस्तु फेला


अंकुरण खबर
1.378K
Shares

सिरहाको धनगढीमाई नगरपालिकाको कार्यालयको ढोका अगाडी आज बिहान शंकास्पद झोला फेला परेको छ ।

नगर प्रमुख हरिनारायण चौधरीको कार्यकक्ष रहेको भवनको मुल ढोका अगाडी उक्त झोला फेला परेको हो। झोला फेला परेको स्थानमा अहिले नेपाल प्रहरी , सशस्त्र प्रहरी बल र नेपाली सेनाले घेरा हालेका छन् ।

झोलामा बम हुन सक्ने आशंका गरिएको छ। सेनाको टोलीले झोलालाई केरकार गरिरहेको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।