logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१६ किलो चरेससहित नागढुंगाबाट दुई पक्राउ


अंकुरण खबर
806
Shares

काठमाडौं – नागढुंगा चेक प्वाइन्टबाट १६ किलो लागुऔषध चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–२ पालुङका ५१ वर्षीय प्रताप मोक्तान र थाहा नगरपालिका–७ का सन्तोष खत्री रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बिहीबार चन्द्रागिरी नगरपालिक–२ को चेक प्वाइन्टमा धादिङबाट आउँदै गरेका दुई अलग बसबाट दुई जनालाई पक्राउ गरिएको हो । मोक्तानले ल्याएको १४ किलो ५२० ग्राम र खत्रीले बोकेको १ किलो ९६० ग्राम चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।

दुवैलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी बृत्त थानकोट पठाइएको छ ।