logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लाउडस्पिकर छाप माग गर्दै निर्वाचन आयोगलाई ज्ञापनपत्र


अंकुरण खबर
910
Shares

जनमत पार्टीले जिल्ला निर्वाचन कार्यालय सप्तरीमार्फत निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय राजविराजस्थित रहेको निर्वाचन कार्यालय पुगेर लाउडस्पिकर छाप माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

आफ्नो पार्टीले निर्वाचन आयोगमा दर्ता गरेको बेला पाएको चुनाव हुनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको जनमतकी नेतृ सुशीला  यादवले जानकारी दिइन् ।

पूर्वमन्त्री समेत रहेका जनमत पार्टीका नेता अनिष अन्सारीले आफ्नो माग पूरा नभए  प्रत्येक जिल्लाको निर्वाचन कार्यालयमा तालाबन्दी  गर्ने बताए।

उनले भने,’आयोगमा दल दर्ता भएको छ। पार्टीले पाएको चुनाव चिह्न लाउडस्पिकर अहिले निर्वाचन आयोगले दिन नमानेकोले पार्टीलाई दिएकै चिह्न का लागि ज्ञापनपत्र बुझाएका हौं ।’