logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटे


अंकुरण खबर
1.326K
Shares

खोटाङमा गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटेका छन् ।

गोरु काटेको अभियोगमा गत २३ माघमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ,  ३५ वर्षीय गणेशबहादुर तामाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका पेमा शेर्पा मंगलबार जिल्ला अदालतको आदेशमा जनही १० हजार धरौटी बुझाएर छुटेका हुन् ।

चार अभियुक्तको पक्षमा अधिवक्ता ओमप्रकाश घिमिरेले बहस गरेका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित बिखुवाखोलाको शिरमा गोरु काटेर मासुबिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका अभियुक्त अनुसन्धान र कारबाही प्रकृया जारी रहने गरी २६ माघमा हिरासतमुक्त भएका थिए ।