logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारीद्वारा जानकी मन्दिरमा पूजा अर्चना


अंकुरण खबर
1.469K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरधाममा भइरहेको रामजानकी विवाहपञ्चमी महोत्सवको अवसरमा जानकी मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गरेकी छन् ।

शुक्रबार अपरान्ह १२ बजे नेपाली सेनाको हेलिकप्टरबाट जनकपुरधाम पुगेकी उनले जानकी मन्दिरको पूजा गरेकी हुन् । राष्ट्रपति भण्डारीले मन्दिरको परिक्रमा पछि ४५ मिनेट साधुसन्तहरुसंग समेत भेट गरिन् ।

राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल पनि सहभागी छन् ।

राष्ट्रपति भण्डारीले भारत उत्तर प्रदेशको अयोध्याबाट आएका साधुशन्तको जन्तीलाई स्वागत तथा साम्बोधन गर्नेछन् । धार्मिक एवं सांकृतिक पर्वको रुपमा रहेको रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागि हुन प्रत्येक ५ वर्षमा एकपटक अयोध्याबाट शाधुसन्त सहभागि रहेको रामको जन्ती जनकपुर आउने गर्दछन् ।

मंसिर १५ गते अर्थात आइतबार हुने विवाहपञ्चमी महोत्सवमा सहभागि हुन यस वर्ष पनि अयोध्याबाट सयौंको संख्यामा साधुशन्तको जन्ती बिहीबार जनकपुर पुगेका छन् ।