logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

मलाई सुनियोजित ढंगले फसाउन खोजियो, दोषी प्रमाणित भए सजाय भोग्न तयार छु : अभिनेता पल शाह


अंकुरण खबर
741
Shares

अभिनेता पल शाहले आफूलाई जालसाजी गरेर फसाइएको बताएका छन् ।

गायिकामाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नायक शाहले आफूलाई नियोजित ढङ्गले षड्यन्त्र गरी फसाउन खोजेको बताएका हुन् ।

उनले फेसबुकमा आफूमाथि षड्यन्त्र भएको भनी आफ्नै साथी, म्यानेजर, भिडियो निर्माता तथा गायकको नाम उल्लेख गरी अडियोसमेत सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, ‘ केही दिनअगाडि प्रसारित अडियो क्लिपमा गायिका समीक्षा अधिकारीद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ, ती सबै नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले ममाथि प्रहार गरिएको छ।’

अभिनेता शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानूनअनुसार सजाय भोग्न तयार रहेको पनि बताएका छन् । उनले लेखेका छन्, ‘यदी म दोषी भए नेपालको कानूनबमोजिम सजाय भोग्न तयार छु ।’

उनीविरूद्ध बुधबार एक गायिकाले तनहुँ प्रहरीमा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी छिन् ।