logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


अंकुरण खबर
1.261K
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ७५ पैसा र बिक्री दर १२१ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ १६ पैसा र बिक्री दर १३५ रुपैयाँ ८३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ सात पैसा र बिक्री दर १६२ रुपैयाँ ८८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६  रुपैयाँ ६३ पैसा र बिक्री दर ८७ रुपैयाँ  छ पैसा  छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ६२ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्री दर १० रुपैयाँ ५८ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ २० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैँया १८  पैसा र बिक्री दर ३२ रुपैयाँ ३४ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ सात पैसा र बिक्री दर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ तीन पैसा र बिक्री दर १० रुपैयाँ आठ  पैसा कायम भएको छ ।